प्रदेश भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयको कामले गति लियो, बजेट खर्च बढ्यो

प्रदेश भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयको कामले गति लियो, बजेट खर्च बढ्यो

विराटनगर, २३ पुस ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभरी ३२ वटा कार्यालय स्थापना गरि काम अगाडी वढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसंगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना भएका छन् । चालु आर्थिक वर्षको दोश्रो चौमासिकसंगै मन्त्रालयले आफ्ना कार्यक्रमहरु गतिशिल ढंगले अगाडी वढाएको मन्त्रालयका सचिव हस्तवहादुर विष्टले बताए । चालु आर्थिक वर्षमा मन्त्रालयको करिव ३ अर्व ७४ करोड वजेट रहेको छ ।

वर्षको शुरुमा कार्यालय व्यास्थापनमा लागेको मन्त्रालयले कार्यालय व्यवस्थापनसंगै कामलाई अगाडी वढाएको हो । ५ सय ६३ दरबन्दी मध्ये ३ सय ५६ कर्मचारी मन्त्रालय अन्र्तगतका कार्यालयमा हाजीर भईसकेको मन्त्रालयले जनाएको छ । समायोजनसंगै सबै कर्मचारी मन्त्रालयमा आइपुग्ने र अब बजेट खर्च गर्न गाह्रो नहुने विष्टले जानकारी दिए । मन्त्रालयले पशुहरुकालागि एम्बुलेन्सदेखि कृषि फार्मको स्थापना र सुधारमा जोड दिएर अघि बढेको छ ।
खाद्यान्नमा आत्मानिर्भर भएपनि माछामा प्रदेश १ निर्भर निर्भर हुन सकिरहेको छैन् । प्रतिव्यक्ति करिब १४ किलोग्राम मासुको आवश्यक्ता महशुस गरिएपनि अहिले १२ केजीमात्रै उत्पादन भई रहेको छ । यस्तो उत्पादन वृद्धिकालागि कृषि ज्ञान केन्द्र मार्फत काम गर्ने मन्त्रालयको योजना छ । पुरानो कृषि कार्यालय जस्तो प्रदेशमा यस्ता ११ वटा कार्यालय स्थापना गरिएको छ । प्रदेश १ धानमा आत्मानिर्भर भएपनि मकै भने कम उत्पादन हुन्छ । खास गरेर दानाकालागि मकैको प्रयोग बढी हुने भएकाले पनि त्यसकालागि विशेष योजना बनाएर मकै उत्पादनको क्षेत्रमा काम गर्न लागिएको विष्टले बताए ।
अग्र्यानिक चिया, अलैची र अदुवा खेतीको प्रवद्धर्नमा प्रदेश सरकारले विषेश कार्यक्रम ल्याउने योजना सहित लागेको चर्चा गर्दै कृषिमा देश भरीकै उत्कृष्ट प्रदेश बनाउने अभियानमा लागेको सचिव विष्टको दाबी छ । प्रदेश दुधमा आत्मानिर्भर भएपनि त्यसलाई व्यबस्थित गरेर मिल्क होलिडे हटाउने योजना राखिएको र यसबाट किसानले ठुलो फाइदा लिने योजना रहेको छ ।
भुमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका मुख्यमन्त्री शेरधन राईले यसपटक कृषिको जग बसाउने र प्रदेशलाई कृषिक्षेत्रमा सम्बृद्ध बनाउने योजनाकासाथ लागेको बताए । प्रदेशको कृषिक्षेत्रलाई अगाडी बढाउनकालागि किसानहरुको सहभागीतामा कृषि कार्यक्रमहरु ल्याइएको बताउदै योजनाहरु शुरु भईसकेको समेत जानकारी मुख्यमन्त्री राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्