विराटनगरका छोरी जन्माउने आमा बच्चा च्याप्दै पुगे महानगर, मेयरले पैसा दिएर पठाए

विराटनगरका छोरी जन्माउने आमा बच्चा च्याप्दै पुगे महानगर, मेयरले पैसा दिएर पठाए

विराटनगर, २३ पुस ।
विराटनगर महानगरपालिकाको सभाहलमा विराटनगर महानगरपालिका वडा नम्बर १९ की संगिता भगत आफ्नी कान्छी छोरीलाई च्याप्दै गरेको अबस्थामा भेटिईन् । दोश्रो सन्तानको रुपमा बिराटनगर महानगरपालिकाले २५ हजार दिने भनेपछि उनी आफ्नो छोरीलाई च्याप्दै कार्यालयमा पुगेकी हुन् । त्यस्तै अबस्थामा पुगेकी थिईन् बिराटनगर ५ त्रिमुर्तीचोककी सरस्वती रम्तेल नेपाली, आफ्नो पहिलो सन्तान छोरी लिएर कार्यालयमा पुगेकी थिईन् ।

उनले पहिलो सन्तान छोरी जन्माए वापतको रकम ३ हजार पाउने भएपछि उनीपनि नावालक छोरी च्यापेर महानगरपालिका कार्यलयमा पुगेकी हुन् ।
सरस्वती र संगिता मात्र हैन बिराटनगर महानगरपालिकामा पहिलो सन्तान र दोश्रो सन्तान छोरी जन्माउने आमाहरु कार्यलयमा पुगेका हुन् । यसरी पुग्नेमा दोश्रो सन्तान छोरी जन्माउने ४ जना थिए भने २२ जना पहिलो सन्तान छोरी जन्माउने आमाहरु बिराटनगर महानगरपालिकाले दिने सुबिधा लिनको लागि कार्यालयमा पुगेका हुन् ।
विराटनगर महानगरपालिकाले पहिलो नगरसभाबाट पहिलो सन्तान छोरी जन्माउने आमाहरुलाई छोरीको पोषणको लागि भन्दै ३ हजार दिँदै आएको हो । पहिलो सन्तान मात्र छोरी जन्माउँदा दोश्रो सन्तान छोरीको भु्रण हत्या हुन थालेको पाईएपछि छोरी चाउने अभियान अन्तरगत दोश्रो सन्तान पनि छोरी जन्माउनेलाई २५ हजार दिने निर्णय चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमबाट शुरु भएको उपमेयर ईन्दीरा कार्कीले बताईन् । ‘तीन महिना गर्भमा राखेपछि छोरी हुँदा भु्रण हत्या गर्ने छोरा हुँदा राख्ने क्रम बढ्यो त्यसलाई रोक्न यो कार्यक्रम ल्याईएको हो, उपमेयर कार्कीले भनिन्, आमाको स्वास्थ्यलाई पनि गम्भिर असर पारेको छ ।’
मेयर भिम पराजुलीले पहिलो बर्ष ३ हजार दिएर कार्यक्रम शुरु गरिएकोमा दोश्रो बर्ष देखि दोश्रो सन्तान छोरी जन्माउने आमालाई २५ हजार छोरी वालिग नहुँदासम्म कसैले झिक्न नमिल्ने गरी बैंकमा जम्मा गरिएको बताए । कम्तीमा ४ पटक स्वास्थ्य परिक्षण गरिएको, २० बर्ष उमेर कटेका आमाहरुबाट जन्मिएका नवजात शिशुलाई भबिश्यमा शिक्षामा सहयोग पुगोस् भनेर कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाईएको मेयर पराजुलीले बताए । यो कार्यक्रमले आमाको संरक्षक रहने गरी खाता संचालन हुने र २५ हजार सो खातामा महानगरपालिकाले जम्मा गरिदिने गरी ग्लोवल आईएमई बैंकसँग सहकार्य भएको मेयरले जानकारी दिए ।
महानगरपालिकाले शुरु गरेको यो अभियानमा अझै धेरै आमाहरु रकम पाउनबाट छुटेको स्वयम महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले लक्षित समुदायमा कार्यक्रमको बारेमा जनचेतनाको खाँचो रहेको बताए । उनले अभियानको बारेमा अझै धेरै छुटेको हुनसक्ने लागेकोले अभियानलाई अझ प्रभावकारी बनाईने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्