भाेजपुरमा जनप्रतिनिधिलाई कम्प्युटर तालिम

भाेजपुरमा  जनप्रतिनिधिलाई कम्प्युटर तालिम

भोजपुर, २३ पुस । साल्पासिलिछो गाउँपालिकाले जनप्रतिनिधिलाई कम्प्युटर दक्षता लागि १० दिने आइटी तालिम दिएको छ ।

जनप्रतिनिधिलाई व्यवहारिक मात्र नभई प्रविधि सम्बन्धी ज्ञानमा सक्षम बनाउन तालिम दिइएको गाउँपालिकाले जनाएको छ । प्रविधिको बारेमा अनभिज्ञ जनप्रतिनिधिलाई कम्प्युटर र इमेल, इन्टरनेट चलाउन सक्ने क्षमताको विकास गराउन गाउँपालिकाले ६ वटै वडाका जनप्रतिनिधि र कार्यपालिकाका सदस्य गरी १४ जनालाई तालिममा सहभागी गराइएको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत इश्वरप्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्