विराटनगरमा ‘निर्यात प्रक्रिया र बजार विश्लेषण’ तालिम शुरु

विराटनगरमा ‘निर्यात प्रक्रिया र बजार विश्लेषण’ तालिम शुरु

विराटनगर, २३ पुस  । निकासीकर्ताहरुका लागि अन्तरराष्ट्रिय बजारमा प्रवेश गर्ने एवम् निर्यातका प्रक्रियाहरु सम्बन्धी जानकारी गराउने उद्देश्यले मोरङमा चार दिने ‘निर्यात प्रक्रिया र बजार विश्लेषण’ विषयक तालीम शुरु भएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, ललितपुर र मोरङ व्यापार संघको संयुक्त आयोजनामा सोमवारबाट तालीम शुरु भएको हो ।

तालीममा व्यापार निकासी प्रवर्द्धन केन्द्रका उप–निर्देशकद्वय राजेन्द्र सिंह र सिद्धिचरण दाहालबाट प्रशिक्षण दिइने बताइएको छ । मोरङ–सुनसरी कोरिडोरका विभिन्न निर्यातमूलक उद्योगहरुका निर्यात प्रतिनिधिहरु उक्त तालीममा सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्