तेह्रथुमको फेदाप गाउँपालिकामा खानेपानीको चरम अभाव

तेह्रथुमको फेदाप गाउँपालिकामा   खानेपानीको चरम अभाव

प्रकाश धाैलाकाेटी/ तेह्रथुम, २३ पुस ।  तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारमा खानेपानीको चरम समस्या रहेको छ । बजार र आसपासका बस्तीहरुमा समेत पिउने पानीकै हाहाकार भएको छ । पानी अभावका कारण स्थानीयवासी तथा होटल व्यवसायीहरुले ट्याक्टरबाट ढुवानी गरी उपभोग गर्न बाध्य भएका छन् । पोक्लाबाङ बजार आसपासका बस्तीसमेत गरी दुई सय बढी घरधुरीमा खानेपानीको चरम समस्या रहेको छ । बजार र यहाँका गाउँका बासिन्दाले थाक्पाखोला मुहानबाट ल्याइएको खानेपानी योजनाबाट पानी उपभोग गर्दै आएका थिए ।

तर बर्सेनि मुहान सुक्दै गएपछि अहिले हरेक वर्ष जसो हिउँद याम सुरु हुनासाथ खानेपानीको समस्या हुने गरेको छ । पानी अभावले समस्या हुन थालेको र ट्याक्टरमार्फत ढुवानी गरी व्यवसाय चलाउनु परेको अण्डरग्राउण्ड होटल एण्ड लजका प्रोपाइटर चिरञ्जीवी खनालले बताए । व्यवसायीले जलजलेको मुलपानीबाट ट्याक्टरमार्फत पानी ढुवानी गर्ने गरेका छन् । केही स्थानीयले पिठ्युँमा पानी बोकेर समेत दैनिकी गुजार्दै आएका छन् । कतिपयले मोटर साइकलमा समेत पानी ढुवानी गरेर उपभोग गर्न बाध्य रहेका छन् ।

गाउँपालिकाको केन्द्रमा जनसंख्याको चाप बढ्दै गर्दा खानेपानीको चरम समस्या हुन थालेको हो । यता गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले भने डिप बोरिङ गरेर तत्कालका लागि खानेपानी समस्या सुल्झाउने तयारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्