प्रदेश १ का सभामुखले आफ्नाे क्षेत्रमा बाँडे २ कराेड

<span class='c1'>प्रदेश १ का सभामुखले आफ्नाे</span> <span class='c2'>क्षेत्रमा बाँडे २ कराेड</span>

सुनसरी, २३ पुस।   प्रदेश सभा- १  का सभामुख प्रदिपकुमार भण्डारीले धरानका लागि २ करोड रुपैयाँ रकम विनियाेजन गरेका छन् । सुनसरी क्षेत्र नम्बर १ को (क) क्षेत्रबाट निर्वाचित प्रदिपकुमार भण्डारीले १६ वटा योजना छनौट गरी रकम विनियोजन गरिएकाे जानकारी दिए।  विनियोजन गरेको २ कोड रुपैयाँ अधिकांश मोटरबाटो निर्माणमा परेको छ। सभामुख भण्डारीले धरान १९ को मुनामदन मार्ग, कृष्णपथ,  १३ को सूर्य मार्ग र  ५ को देउराली पथको सडक तथा ड्रेन निर्माणका लागि २५-२५ लाख रकम विनियोजन गरेका छन्।

उनले धरान ९, १० र १२ को खहरे खोला नियन्त्रण तथा  पक्की पुल निर्माणका लागि २४ लाख विनियोजन गरेका छन्। त्यस्तै, धरान १० को धर्मपथ लुपमार्ग,  १५ को निराजन बस्ती हुँदै खत्रीधारा जाने बाटो,  ५ को कुलुङ मार्ग र  ६ को पानवारी–इटहरी सडक तथा ड्रन निर्माणका लागि १०-१० लाख विनियोजन गरेका छन्।

धरान ३ को सिंहदेवी मन्दिर मर्मत,  ४ को खैरेनीटार जोड्ने सडक, रेडक्रस भवन मर्मत र  १५ को निशान मार्ग सडक तथा ड्रेन निर्माणका लागि ७-७ लाख रकम विनियोजन गरेका छन् छ। धरान १५ को सूर्यज्याेति पठको सडक कालोपत्रे गर्न  र  ७ को लीलामार्गको रेलिङ र वाल निर्माणका लागि ५-५ लाख रुपैयाँ बजेट विनियोजन गरेको सभामुख भण्डारीले बताएका छन्। उनले आफ्नो निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गतकाे रकम आफ्नो क्षेत्रको विकास निर्माणका लागि विनियोजन गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्