पौडेललाई सुदिश निरौला स्मृति साहित्य पुरस्कार

पौडेललाई सुदिश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर, २३ पुस । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदिश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलोपटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदिश निरौला ट्रस्टका तर्फबाट टेकमाया निरौला संस्थापक रहेकी उक्त पुरस्कारको राशि १५ हजार र सम्मानपत्र रहेको छ ।

पौडेलका विभिन्न विधा र अनुवादका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । दिवंगत छोरा सुदिशका नाममा निरौला परिवारबाट यो पुरस्कार संस्थापन गरिएको हो । निरौलाको २०७२ सालमा सडक दुर्घटनामा परी निधन भएको थियो । इन्जिनियरसमेत रहेका निरौला साहित्यप्रति रुची राख्ने र कवितासमेत लेख्ने गर्दथे । यसै वर्षदेखि प्रदान गरिने पुरस्कार आगामी माघ ६ गते विराटनगरमा विशेष समारोह आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानका सचिव मीनकुमार नवोदितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्