विराटनगर, २३ पुस ।
मोरङको बिराटनगर महानगरपालिका- ४ इक्राहीमा रहेको गारमेन्ट फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी भएको छ । आज बिहान साेही स्थान बस्ने ईसरलाल चौधरीले संचालन गरेको गारमेन्ट फ्याक्ट्रीमा अचानक बिद्युत सर्ट भई आगलागि भएकाे हाे । आगलागीबाट गारमेन्टमा प्रयोग हुने मेसिन र कपडा पूर्ण रुपमा जलेर नष्ट हुदा ४० लाख मुल्य बराबरको क्षती भएको हाे । आगलागी जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोली , स्थानियवासी र दमकलको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।