त्रिभुवन विश्वबिद्यालयले फागुनमा स्ववियु निर्वाचन गर्ने

<span class='c1'>त्रिभुवन विश्वबिद्यालयले फागुनमा</span> <span class='c2'>स्ववियु निर्वाचन गर्ने</span>

विराटनगर, २४ पुस ।
त्रिभुवन विश्वविद्यालयले आगामी फागुनमा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने भएको छ ।
विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पसहरुमा परिपत्र गरी स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएको हो । हाल रहेका स्ववियु पदाधिकारीको आउँदो फागुन १८ गते २ वर्षे कार्यकाल सकिने भन्दै त्रिविले नयाँ चुनावको तयारी गर्न आग्रह गरेको हो । त्रिविले फागुन महिनामा निर्वाचन गर्ने भने पनि मिति भने किटान गरेको छैन । निर्देशनालयका प्रमुख गंगाबहादुर मगरले पठाएको पत्रमा निर्वाचनको पूर्व तयारी गर्न गराउन आग्रह गरिएको छ । त्रिविले यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो । त्रिविमा स्ववियु पदाधिकारी निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष उमेरभित्रको विद्यार्थी हुनुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्