विराटनगरमा जारी सुचना प्रबिधि मेला सकियो, २ करोडको कारोवार

<span class='c1'>विराटनगरमा जारी सुचना प्रबिधि मेला</span> <span class='c2'>सकियो, २ करोडको कारोवार</span>

विराटनगर, २४ पुस ।
विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक सोमबारसाँझ सकिएको छ । मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ ।
दुई करोड रुपैयाँको कारोवार गर्दै मेला सकिएको मोरङ क्यान इन्फोटेकका अध्यक्ष राजन यादवले जानकारी दिए । विराटनगरस्थित जैन भवनमा आयोजित मेलामा ५० कम्पनीका १ सय १० वटा स्टलहरु राखिएका थिए ।
मेलामा स्र्माट सिटि,नेपाल आउटसोर्सिङ इन्डस्ट्रीको प्रोफाईल,मार्केटिङ गर्ने वेबसाइट सञ्चालन, इन्टरनेट कनेक्टिभिटी र ब्यान्डविथमा कवलोकनकर्ताको बढी चासो देखिएको अध्यक्ष यादवले बताए ।
मोबाइल, र इन्टरनेट पहुँचको कार्यक्रम विद्युतिय कारोवार थालनी क्यासलेस कल्चर,आइसिटी शिक्षा र छात्रवृत्तिले महोत्सवलाई थप प्रभावकारी बनाएको समेत उनले बताए । नेपाल क्यान इन्फोटेकका दिपेस पाठक र ठाकुरकुमार श्रेष्ठले अब आउने दिनमा सूचना प्रविधिको पहुँच गाउँगाउ सम्म पुग्ने बताए ।
मेलामा रहेका स्टलमध्ये कृषि समूह र आर्दश प्रफूल समूह उत्कृष्ट घोषित भए । प्रबिधिसम्बन्धी प्रदेशस्तरीय महामेला क्यान इन्फोटेक–२०१९ मा सर्वसाधारण र आइटीसम्बन्धी जिज्ञासुहरुको सहभागिता उत्साहजनक रहेको आयोजक समितिले जनाएको छ । मकालु टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्