सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको विराटनगरका व्यवसायीको गुनासो

सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरेको विराटनगरका व्यवसायीको गुनासो

विराटनगर, २४ पुस ।
सरकारले निजी क्षेत्रलाई निरुत्साहित गरिरहेको विराटनगरका उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले पूर्वका निर्यातकर्ताहरूका लागि अयोजना गरेको चार दिने निर्यात प्रबद्र्धन र बजार विश्लेषण बारेको तालिममा सहभागिहरूले यस्तो गुनासो गरेका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले निर्यात प्रबद्र्धन केन्द्रले कहाँ, कसरी निर्यातको प्रबद्र्धन गरिरहेको छ भन्ने जानकारीसमेत आफूहरूले नपाएको बताए ।
उनले सरकारले निर्यात प्रबद्र्धन गर्ने भने पनि व्यवहारमा त्यस्तो नपाइएको स्पष्ट पारे । मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले नेपालको व्यापार घाटाको अवस्था काहाली लाग्दो भएको बताए । उनले नेपालबाट बस्तु तथा सेवाको निर्यात गर्ने प्रशस्त सम्भावना भए पनि न्यून मात्रै उपयोग भइरहेको जानकारी दिए ।
यस्तै व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले निर्यात प्रबद्र्धन गर्ने उद्देश्यले ४ दिने तालिम आयोजना गरेको जानकारी दिए । तालिमका सहभागिहरूलाई उत्पादित बस्तुको निर्यातका सम्बन्धमा जानकारी दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्