बेलायतका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने

बेलायतका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने

विराटनगर, २४ पुस ।
वेलायतको लण्डनका खानाका परिकार अब विराटनगरमै उपलब्ध हुने भएको छ । विराटनगरस्थित होटल शुभले ३० लाख रुपैयाँको लगानीमा लण्डनका विभिन्न परिकारसहित रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । लण्डनका फिस एण्ड चिप्स, सिज्लर, चप्सी, स्पाघेरी, कट्टीरोलगायतका परिकार उपलब्ध गराइने होटलकी सञ्चालक श्वेता तुलाधरले जानकारी दिईन् । होटलमा नेपाली र नेवारी खानाका परिकार पनि उपलब्ध हुने बताईन् । खानाका पारखीलाई लक्षित गरी बेलायतका परिकार उपलब्ध गराइने उनको भनाइ छ । होटलका भित्तामा लण्डन आई, टावर ब्रिज, क्लक टावर, लण्डन बस, लण्डन ट्याक्सी, लण्डन बुथलगायतको पोन्टिङ समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्