धनपालथान गाउँपालिकाको मुसहर बस्तीमा प्रहरीले बाँड्यो कम्बल

धनपालथान गाउँपालिकाको मुसहर बस्तीमा प्रहरीले बाँड्यो कम्बल

विराटनगर, २४ पुस ।
जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिकाको कदमाहाको मुसहर बस्तीमा कम्बल बितरण गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको समुदायसँग चिया कार्यक्रम अन्तरगत प्रहरीले कम्बल बितरण गरेको हो । विशाल ग्रुपको गोबरधानदास कमलावती परोपकारी प्रतिस्थानले उपलब्ध गराएको कम्बल प्रहरी मार्फत अति विपन्न परिवार लक्षित गरी बितरण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीले जानकारी दिए ।
मोरङका प्रहरी उपरीक्षक मनोज केसी, धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह, रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्की लगायतले कम्वल बितरण गरेका थिए । प्रहरी उपरीक्षक केसीले मुसहर बस्तीका बिचका समस्यालाई बुझ्ने मौकाको रुपमा यो कार्यक्रमलाई लिईएको बताए । यस्ता कार्यक्रमले प्रहरी र नागरिक बिचको सम्बन्धमा सुधार हुने समेत उनले बताए ।
मुसहर बस्तीका ८८ बिपन्न परिवारलाइ कम्बल तथा जाडोको न्यानो कपडा बितरण गरिएको छ। जाडो बढेसँगै मोरङ प्रहरीले बिभिन्न दातासँगको सहकार्यमा न्यानो कपडा बितरण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्