भाेजपुरमा २ थान भरुवा बन्दुक सहित १ जना पक्राउ

भाेजपुरमा २ थान भरुवा बन्दुक सहित १ जना  पक्राउ

भोजपुर, २४ पुस।  भोजपुरको रामप्रसाद राई गाँउपालिका-८ छेलुङबाट २ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय वोयाङ र प्रहरी चौकी मानेभञ्ज्याङबाट सादा पोशाकमा खटिएको संयुक्त टोलीले विशेष सुराकीको आधारमा   साेही स्थानका  प्रविण राईको घरमा खानतलाशी गरेको थियो । सोमबार राती   राईको घरमा खानतलासी गर्ने क्रममा घरमा लुकाई  राखेको भरुवा वन्दुक थान - १ र हेर्दा कटुवा पेस्तोल जस्तो देखिने बन्दुक थान – १ गरी ई थान बन्दुक  बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।  हतियार सहित नियन्त्रणमा लिईएका राईलाई ईलाका प्रहरी कार्यालय मानेभन्ज्याङले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्