अपडेट : हरिलाल मृत्यू प्रकरण, हत्या या आत्महत्या पोष्टमार्टम रिपोर्टले बताउने

अपडेट :  हरिलाल मृत्यू प्रकरण,  हत्या या आत्महत्या पोष्टमार्टम रिपोर्टले बताउने

प्रेम देवान, ओवी ।
विराटनगर, २४ पुस । विराटनगर ११ पाञ्चाली स्थित आँप बगैचामा झुम्का घर भई हाल विराटनगर १२ मा बस्दै आएका ६० बर्षिय हरिललाल राम आपको रुखमा झुण्डिएको अवस्थामा स्थानियले भेटे । स्थानियले तत्काल प्रहरीलाई खबर गरे लगत्यै जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोलीले शवको निरीक्षण गरी पोष्टमार्टम गर्यो ।
मृतक हरिलालको झुण्डिएको अवस्था हेर्दा कसैले हत्या गरेर झुण्डाईएको हुन सक्ने स्थानीयले आशंका गरे । उनको शरिरको विभिन्न भागबाट रगत बगेको अवस्था हेर्दा र झुण्डिएको प्रकृति हेर्दा हत्या गरेर झुण्डाईएको हुन सक्ने स्थानियबासी र मृतका आफन्त बताए । सामान्य राजमिस्त्रीको काम गर्दै आएका हरिलाल विराटनगर ११ मा भाडामा कान्छी बुहारी र नातीसँग बस्दै आएका थिए ।
बेलुकीको खाना पछि हराएका
विराटनगर ११ स्थित चिउरा मिल छेउमा भाडाको घरमा आफ्ना कान्छो छोराको श्रीमती शुशिला (ढुङगाना )राम बुहारी र नातीसँगै बस्दै आएका थिए । दुई महिनादेखी विराटनगर १२ पशुपती चोकमा नयाँ घर बनाउदै आएका हरिलाल त्यहीँ बन्दै गरेको नयाँ घर रेखदेख गर्न सोमबार बेलुकीको खाना खाएर निस्कीएको मृतकका बुहारी शुशिलाले बताईन् । बेलुकी ७ बजे तिर खाना मैले नै पस्किएर दिएको हो, खाना खानुभयो अनि, म गएँ है बुहारी भनेर निस्कीनुभएको बुबा आज यो अवस्थामा देखेँ, आँशु पुच्दै शुशिलाले ओवीलाई भनिन् ।
आफ्नै छोरी जस्तै गरेर मायाँ गरेको सम्झँदै उनले र सोझो आफ्नो ससुरालाई अरु कसैले हत्या गरेर झुण्ड्याएको हुनसक्ने उनले आरोप लगाईन् ।
दुवै छोरा विदेश
हरिलाल रामको श्रीमतीको ८ बर्ष पहिले नै निधन भईसकेको छ । उनका हाल दु्ई छोरा छन् । तर अहिले दुवै छोरा रोजगारीको सिलशिलामा विदेशमा नै बस्दै आएका छन्। जेठो छोरा बैजनाथ राम १२ बर्षदेखी विदेशमा नै छन् । बैजनाथले विदेशमा विवाह गरेर बसेको उनको परिवारले बताएका छन् । विदेशबाट नै बुबालाई कहिलेकाही पैसा पठाउने गरेका थिए । कान्छो छोरा मलेसियामा छन् ।
दाह संस्कार भोली मात्र गरिने
विराटनगर ११ पान्चाली स्थित आँपगाछीमा झुण्डिएको अवस्थामा भेटिएका हरिलाल रामको मंगलबार नै कोशी अञ्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । शंकास्पद रुपमा झुण्डिएको शवको पोष्टमार्टम पस्चात सुनसरी झुम्का लगिएको छ । सुनसरी झुम्का स्थित शिवनगरमा हरिलालको आफ्नै घर छ । अहिले त्यहाँ दाजुभाई र आफन्त बस्दै आएका छन् । कान्छो छोरा बासुदेव भोली घर आएपछि मात्र हरिलालको दाहसस्कार गरिने मृतका भतिजो रोशन देव रामले ओवीलाई जानकारी गराए ।
घटनाबारे के भन्छ मोरङ प्रहरी ?
विराटनगर ११ मा रहेको आप बगैँचामा झुण्डिएको अवस्थामा भेटिएको हरिलालको शवलाई शंकास्पद लिएका मृतकका आफन्तले घटनाको बिषयमा फरक फरक आशंकाहरु गर्दै आएको छ । तर मोरङ प्रहरीले भने हत्या हो या आत्माहत्या हो भन्ने खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यलय मोरङका डिएपी घनस्याम श्रेष्ठले झुण्डिएको प्रकृति हत्या गरिएको जस्तो देखिए पनि घटनामा भेटिएका सामान हेर्दा आत्मा हत्या हुनसक्ने बताए । यस विषयमा अहिले नै हत्या हो या आत्महत्या के हो भनेर यसै भन्न सक्ने अबस्था नभएको डिएसपी श्रेष्ठले बताए । पोष्टमार्टको रिर्पोट आईसकेपछि मात्र रिपोर्टका आधारमा केही बताउन सकिने स्पष्ट पारे । घटनाबारे थप अनुसान्धान भईरहेको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्