इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर, २४ पुस ।  इटहरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। इटहरी उप–महानगरपालिका–२ स्थित कोसी राजमार्गमा धरानबाट इटहरी जाँदै गरेको को३४प ९८३९ नम्बरको स्कुटर दुर्घटना हुँदा ३० इटहरीकी ३० वर्षीया परिस्ता राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी राईको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तरहराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्