पीडितको नाममा सवारी साधनसँग चन्दा उठाउने २ जना बेलवारीबाट पक्राउ

पीडितको नाममा सवारी साधनसँग चन्दा उठाउने २ जना बेलवारीबाट पक्राउ

विराटनगर, २४ पुस ।
मोरङको सवारी साधनबाट अबैध रकम असुली गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ८ स्थित चिसाङ खोलामा गिटी, बालुवा बोक्ने सवारी साधनसँग रसिद काटी अवैध रूपमा एक सयका दरले रकम उठाउने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा कानेपोखरी गाउपालिका वडा नं. ५ बस्ने बर्ष २१ को रोशन दनुवार र बर्ष ३५ को जितन चौधरी रहेका छन् । उनीहरुलाई चिसान नदी कटान क्षेत्र पूर्वाधार पिडित गाउ उपभोक्ता समिति कानेपोखरी ५ मोरङ, नम्बरी जग्गा संरक्षण तथा बिकास निर्माण सहयोगार्थ लेखिएको रसिद सहित पक्राउ गरिएको मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनीहरुलाई चन्दा ऐन २०३० अन्तर्गत म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्