मिक्लाजुङकाे सामुदायिक विद्यालयलाई एक अभिभावकले गरे सहयोग

मिक्लाजुङकाे सामुदायिक विद्यालयलाई एक अभिभावकले गरे सहयोग

उर्लावारी, २४ पुस । मोरङको मिक्लाजुङ गाउँपालिका – ८ स्थित देवकोटा माध्यमिक बिद्यालयमा आइतबार सोही ठाउँका प्रबेश कुँवरले सहयोग उपलब्ध गराएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागि स्वच्छ पिउने पानी उपलब्ध गराउने उदेश्यले १ थान पानी फिल्टर, १ थान तातो पानी तताउने फिल्टर सहित अन्य सामग्री उपलब्ध गराएका हुन् ।

विद्यालयमा एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई स्वच्छ पानी पिउनका लागि वाटर फिल्टर, १३ वटा जार , १३ वटा बाल्टी, १३ वटा गिलास, १३ वटा डस्टविन, एउटा तातोपानी र चिसो पानी बनाउने फिल्टर, एक/एक वटा फुटबल र भलिबल, दुई थान ब्याटमिन्टन र तीन सय लिटरको पानी ट्याङ्की सहयोग प्राप्त भएकाे बिद्यालयले जनाएकाे छ  । विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका कुँवरले  करिव ७० हजार बराबरको  सामान सहयोग गरेका हुन् । विद्यालयमा बाल कक्षा देखी १० सम्म ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्