विराटनगरमा हाजिरजवाफ प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत

<span class='c1'>विराटनगरमा हाजिरजवाफ प्रतियोगितामा उत्कृष्ट</span> <span class='c2'>हुने विद्यालयलाई पुरस्कृत</span>

विराटनगर, २५ पुस ।
विराटनगरमा भएको आधारभूत विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कृत गरिएको छ ।
नेपाल बाल सगठन मोरङ र विराटनगर महानगरपालिकाको संयुक्त आयोजनामा विराटनगर महानगरपालिका स्तरिय आधारभुत विद्यालय तहको फाइनल रनिङ्ग शिल्ड हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयलाई प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले शिल्ड तथा प्रमाणपत्र प्रदान गरे । प्रथम हुने श्रीबाल मन्दिर आधारभूत विद्यालय, दोस्रो महामाया आधारभुत विद्यालय, तेस्रो मदननगर आधारभुत विद्यालय र चौथो पोखरीया माध्यमीक विद्यालयलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दे तुम्बाहाङले सामुदायिक विद्यालयको गुणस्तरीयता सुधारका कार्य हुनु सह्रानीय भएको बताउनु भयो । यस्ता कार्यक्रमले बालबालिकाको मानसिक तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनु भयो । हाजिरी जवाफ प्रतियोगितामा महानगरपालिकाका ४७ वटा विद्यालयलयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्