बेलबारीकाे नेपाल टेलिकम कार्यालय गौशालामा परिणत

बेलबारीकाे नेपाल टेलिकम  कार्यालय गौशालामा परिणत

विराटनगर, २५ पुस । नेपाल टेलिकमले मोरङको बेलबारीमा अवस्थित कार्यालयलाई व्‍यवस्थित बनाउन नसक्दा कार्यालय गौशालामा परिणत हुँदै गएको छ। चातर्फी गाई बाँधिदा कार्यालय परिषर कुनै नीजि व्‍यक्तिको गौशाला झैं देखिएको छ।गाइचरणका रुपमा रुपमा परिणत भएको सो स्थानमा टेलिकमका तारदेखि महत्वपूर्ण सरसमान गोबरले पुरिएका छन्। कार्यालयमा रहेको टावर केही बर्षअघि नै हावाले लडाईसकेको छ। टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका शाखा अधिकृत प्रकाश शर्माले सो कार्यालय र टावरका विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताएका छन्।टावरलाई तारले मात्र बाधिएको अवस्थामा हावाले लडाएको बताएका अधिकृत शर्माले भने, ‘त्यसपछि यस विषयमा कुनैकिसिमको छलफल हुन सकेको छैन। हामी हाल विराट चौकबाट काम गर्दै आइरहेको छौ, त्यसैलेपनि त्यस कार्यालय र टावरबाट त्यति सोचिएको छैन।’

यसविषयमा टेलिकम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख अमरनाथ झाले सो विषयमा आफूलाई जानकारी नभएको र अधिकृत शर्मासंग बुझ्नुपर्नेमा जोड दिएका थिए। स्थानीय बासिन्दाका अनुसार कार्यालय परिषरबाट टेलिकमका धेरै सरसामानहरु बेपत्ता भइसकेका छन्। त्यसैगरि कतिपय सामान भने खिया लागेर जीर्ण अवस्थामा रहेको छ। कार्यालय सुरक्षाका लागि लगाइएको मुख्यद्वारमा स्थानीयले नै ताला फोरेर गाई बाँध्ने गोठ बनाएको बताइएको छ।दुइ कठ्ठा क्षेत्रफलमा रहेको कार्यालय परिसरमा करोडौ मुल्यका टेलिकमका सामग्रीहरु जतासुकै छरिएका छन्। स्थानीयका अनुसार कार्यालयको खण्डहर रुपी भवनको लागुपदार्थ दुब्र्यसनीहरुको प्रिय स्थान बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्