फाल्गुनन्द गोल्डकप : सरस्वती क्लव काडमान्डौँ सेमिफाइनल प्रवेश

फाल्गुनन्द गोल्डकप : सरस्वती क्लव काडमान्डौँ  सेमिफाइनल प्रवेश

पाँचथर, २५ पुस ।  पाँचथरको फिदिममा जारी १० औँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा  सरस्वती क्लव काडमान्डौँ विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको छ । डिफेन्डिङ च्यान्पियन सुनसरि–११ लाई पराजित गर्दै स्वरस्वति  क्लव काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको हो । आज सम्पन्न क्वाटरफाइनल खेलमा सुनसरि विरुद्ध स्वरस्वतीले २–१ गोल अन्तरको जित हात पारेकोे हो । अन्तिम १४ मिनेटको समयमा सम्हालिन नसक्दा सुनसरिको दोस्रो पटक उपाधि उचाल्ने सपना विफल भयो ।

खेलको ७ औँ मिनेटमा सुनसरिका दिपेन तामाङले गोल गरे । खेलमा हावि भएको स्वरस्वतीले ४ मिनेटको बिचमा २ गोल गर्‍यो । उस्का लागि विदेशि खेलाडि भिक्टरले ७६ औँ र ८० औँ मिनेटमा गोल गरे ।सरस्वतीले पहिलो हाफमै बराबरि गोल गर्न पाएको अवसर सदुपयोग गर्न नसक्दा ७६ औँ मिनेटसम्म १ गोलले पछि गरेको हो । ३७ औँ मिनेटमा स्वरस्वतीका तिर्थ बस्नेतको शसक्त प्रहार सुनसरिका गोल किपर विष्णु चौधरिले मुस्किलले वचाए ।

खेलमा सुनसरिले भने खासै राम्रो अवसर सिर्जना गर्न सकेन । खेलको म्यान अफ द म्याच स्वरस्वतीका भिक्टर बने ।  उनले नगद १० हजार पाए । प्रतियोगिता अन्तर्गत बिहिबार विगे्रड व्वाइज क्लव काठमाडौँ र रोयल एफसि दार्जिलिङ भारतविच खेल हुनेछ । पुष ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्