ताप्लेजुङमा वर्षासहित हिमपात, कृषक हर्षित

ताप्लेजुङमा वर्षासहित हिमपात, कृषक हर्षित

ताप्लेजुङ, २५ पुस ।  ताप्लेजुङमा वर्षासहित हिमपात भएको छ। बुधबार दिउँसो जिल्लाका अधिकांश भूभागमा हल्का वर्षा भएको र हिमाली क्षेत्रमा हिउँ परेको फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ।  ताप्लेजुङमा भदौयता पहिलो पटक पानी परेको कार्यालयका नायव मौसम विज्ञान सहायक हिराप्रसाद भट्टराईले जानकारी दिए। सदरमुकाम फुङलिङमा दिउँसो १ मिलिमिटर वर्षा भएको उनले बताए।

हिमपात भएको भने यो दोस्रो पटक हो। पापुङ, जलजले, पाथीभरा, घुन्सा, ओलाङचुङगोला, याम्फुदिन लगायतमा बाक्लै हिमपात भएको स्थानीयले बताएका छन्। वर्षापछि चिसो बढेको छ। बुधबार १ हजार ८ सय ५० मिटर उचाईमा रहेको ताप्लेजुङ सदरमुकामको तापक्रम ४ डिग्रीमा झरेको छ।   लामो समयपछि पानी परेको भन्दै कृषकहरु हर्षित भएका छन्। अहिलेको वर्षाले आलु, गहुँ, तोरी लगायतका हिउँदे बाली र अलैंचीलाईसमेत फाइदा पुग्ने सिरिजङ्घा गाउँपालिका ५ का कृषक कृष्ण लिम्बुले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्