बलात्कार गरेको आरोपमा १ कर्मचारी पक्राउ

बलात्कार गरेको आरोपमा १ कर्मचारी पक्राउ

सुर्खेत, २५ पुस ।  वीरेन्द्रनगरमा बलात्कारको आरोपमा १ जना पक्राउ परेका छन् ।इमानुयल बोर्डिङ स्कूल वीरेन्द्रनगरमा प्रशासनतर्फ काम गर्दै आइरहेका ३६ वर्षीय चिरञ्जीवि गैरे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार १ महिलाले आफूलाई बलात्कार गरेको भन्दै मुद्दा दिएपछि प्रहरीले गैरेलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइरहेको बताए । ‘मंसिर २७ गते साँझ ९ बजेतिर वीरेन्द्रनगरको खुलामञ्चमा मलाई गैरेले बलात्कार गरेको भन्ने महिलाको उजुरी परेको थियो,’ उनले भने, ‘सोही उजुरीको आधारमा हामीले पुस १२ गते गैरेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

क्रिस्चियन धर्मावलम्बीको ‘केरल’ उत्सव वीरेन्द्रनगरमा मनाइएको र सोही उत्सवमा राति घर पुर्याइदिने भन्दै वीनपा–८ को खुलामञ्चमा बलात्कार गरेको पीडित महिलाको जाहेरीमा उल्लेख छ । अहिले जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको र अन्य प्रक्रिया अघि बढाइएको डीएसपी क्षेत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्