भोजपुरमा एक महिलालाई जन्मकैदको फैसला

भोजपुरमा एक महिलालाई जन्मकैदको फैसला

भोजपुर । जिल्ला अदालतले हत्या अभियोगमा एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले टेम्केमैयुङ गाउँपालिका–९ लेखर्ककी २६ वर्षीया रीमा भनिने रेमकुमारी राईलाई जन्मकैदको फैसला गरेको हो । अभियुक्त राईले सोही वडाकी स्थानीय ईश्वरमाया राईलाई गरगहना चोरेर दाउरा र ढुङ्गाले टाउकामा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

न्यायाधीस हरिश्चन्द्र इङनामको एकल इजालसले मङ्गलबार सो फैसला गरेको हो । राईले २०६९ असोज ६ गते आफन्त ईश्वरमायालाई बाटोमा कुटपिट गरी हत्या गरेको आरोप थियो । पीडितका आफन्तले दिएको किटानी जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको थियो ।

त्यस्तै अदालतले बालिका जबर्जस्तीकरणी गर्न खोज्ने अरुण गाउँपालिका–४ चरम्बीका लालबहादुर श्रेष्ठलाई सात वर्ष कैद र ७५ हजार क्षतिपूर्तिको फैसला गरेको छ । श्रेष्ठले गत असोज १ गते सोही ठाउँकी ११ वर्षीया बालिकालाई गाई गोठमा लगेर करणी गर्न खोजेको भन्दै बालिकाका परिवारले उजुरी दिएपछि प्रहरी नियन्त्रणमा लिइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्