श्रीमानको मृत्यु भएको १० घण्टामै श्रीमतीको मृत्यु

<span class='c1'>श्रीमानको मृत्यु भएको १०</span> <span class='c2'>घण्टामै श्रीमतीको मृत्यु</span>

काठमाडौँ, २६ पुस ।   कालगतिले श्रीमान्श्रीमतीको एकै दिन मृत्यु भयो भने, के भन्नु हुन्छ ? यो कुरा सायदै कसैले पत्याउँनु हुन्न । तर काठमाडौंको नयाँ बानेश्वर निवासी शर्मा परिवारमा पुस २४ गते मंगलबार १० घण्टाको फरकमा दुःखद घटना भएको छ । यस परिवारमा छोराहरुले बुबाको दाहसंस्कार नसक्दै आमाको बियोग भोग्नु परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सोमबार बेलुका खाना खाएर सुतेका परिवारमा राति एक्कासी बुबा रामगोविन्दलाई छातीमा असह्य पीडा भएपछि अस्पताल लगिएको थियो । अस्पतालमा पु¥याएर जाँच गर्दैमा डाक्टरले उनलाई मृत घोषण गरेका थिए । चिकित्सकले अस्पतालमा लैजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको बताएका थिए ।

श्रीमानको मृत्यु भएपछि शोकमा डुबेकी रामगोविन्दकी ७१ वर्षीय श्रीमती सबै प्रकृया पूरा गरेर कोरामा बस्न लागेकी थिइन् । सोही अवस्थामा उनmलाई सास फेर्न गाह्रो भयो । सबै परिवार एकै ठाउँमा भए पनि उनको हेरचाह गर्दै गर्दा उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्