विराटनगरमा जारी राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता

विराटनगरमा जारी राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा प्रिन्सलाई दोहोरो सफलता

विराटनगर, २६ पुस । दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन सिरिजका च्याम्पियन प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो सफलता हात पारेका छन् । विराटनगरमा जारी प्रतियोगितामा प्रिन्सले म्यानमारका थु रिनलाई यू–१९ विधामा र यू–१५ मा नेपालकै रोहित बराललाई पराजित गर्दै दोहोरो सफलता हात पारेका हुन् ।यू–१९ मा प्रिन्सले थु रिनमाथि २१–११ र २१–१५ को सहज जित निकालेर सेमिफाइनलमा स्थान बनाए । यस्तै, यू–१५ का शीर्ष वरीयताका प्रिन्सले नेपालकै रोहित बराललाई २१–६ र २१– ११ ले पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाउन सफल भए ।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शहीद रंगशालास्थित कभर्ड हलमा भएको प्रतियोगिताको यू–१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले सत्यम सुब्बालाई २१–४ र २१–१० ले हराउँदै सेमिफाइनलमा स्थान बनाए ।पविन लिङथेपले प्रनिशसिंह ठकुरीलाई २१–१२, १६–२१ र २१–१६ ले पाखा लगाउँदै सेमीमा प्रवेश गरेका हुन् । यस्तै, रुकेश महर्जनले सहरोज अन्सारीलाई २१–१४, १५–२१ र २१–१७ ले पराजित गरे ।

यू–१५ ब्वाइजतर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे । हिमालले विवेक चौधरीलाई २१–१६ र २१–१९, रोशन साउदले उज्जल श्रेष्ठलाई १३–२१, २१–१२ र २१–१३ ले तथा ज लिनले नेपालका अनिष खतिवडालाई २१–१६ र २१–११ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।गल्र्स यू–१९ तर्फको खेलमा जेशिका गुरुङ, सीमा राजवंशी, रञ्जना भट्ट र रसिला महर्जनले अन्तिम चारको यात्रा तय गरे ।

जेशिकाले नीता लम्साललाई २१–१० र २१–६, सीमाले विश्ना विष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१–१२ र २१–१२ ले तथा रसिलाले अञ्जना राईलाई २१–२ र २१–६ ले पराजित गर्दै सेमीमा स्थान बनाएका हुन् ।ब्वाइज यू–१९ युगलतर्फको खेलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१–१० र २१–१० ले हराए । अब महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षत्रीको जोडीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । शेर्पाको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१–११ र २१–१२ ले पाखा लगाए ।

यस्तै, अर्को सेमिफाइनलमा पविन लिङथेप र दिवश विश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडीसँग प्रतिस्पर्धा गर्नेछन् । लिनथेपको जोडीले शिव थापा र सहरोज अन्सारीको जोडीलाई २१–१२ र २१–१७ तथा थुको जोडीले रोहित बराल र उज्जल श्रेष्ठको जोडीलाई २१–५ र २१–१५ ले पाखा लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्