यातायात विभागका पूर्वमहानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

<span class='c1'>यातायात विभागका पूर्वमहानिर्देशक चन्द्रमान</span> <span class='c2'>श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा</span>

पुस २६, काठमाडौँ । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

श्रेष्ठले पदको दुरुपयोग गरी गैरकानुनी रुपमा एक करोड ३४ लाख बराबरको भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराएको हो ।

हाल वन तथा वातावरण मन्त्रालयका सह–सचिव पदमा कार्यरत श्रेष्ठकाे आय व्ययको विश्लेषणबाट भ्रष्टाचार गरी  आफ्नो नामका साथै परिवारका सदस्यहरुको नाममा खरिद एवम् लगानी गरेको खुल्न आएको अख्तियारले जनाएको छ ।

सार्वजनिक सेवाको पदमा रहेर गैरकानुनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू उनको श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीको नाममा रहेको अख्तियारले जनाएको छ ।

अख्तियारले मागदाबी सहित चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि उनकी श्रीमती जमुना तण्डुकार र जिल्ला नवलपरासी स्वाठीकी भगवती योगीलाई समेत प्रतिवादी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्