झापामा रक्सी खाएर मोटरसाइकल चलाउँदा एक युवाको ज्यान गयो

झापामा रक्सी खाएर मोटरसाइकल चलाउँदा एक युवाको ज्यान गयो

झापा पुष २६ , झापाको सुरुंगास्थित टप्पुमा अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउँदा बुधबार राति स्थानीय एक युवाको ज्यान गएको छ।

कन्काई नगरपालिका–३ टप्पुमा घरतर्फ जाँदै गर्दा मध्यरात १२ बजे मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे ५ प ९१५८ नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका का ३ का १९ वर्षीय हपना मुर्मुको घटनास्थलमै मृत्यु हो।

मोटरसाइकलको पछाडि सवार रहेका अर्का एक जना दुर्घटनामा परी घाइते भएको भएको प्रहरीले जनाएको छ। उनको पहिचान हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्