विराटनगरका ब्यापारीका गुनासा ‘औद्योगिक उत्पादनको जाँचपासमा ढिलो भयाे’

विराटनगरका ब्यापारीका गुनासा  ‘औद्योगिक उत्पादनको जाँचपासमा ढिलो भयाे’

विराटनगर, २६ पुस। औद्योगिक उत्पादन तथा कञ्चा पदार्थमा भन्सार जाचपास ढिलो हुने गरेको उद्योगीहरुले गुनासो गरेका छन् ।विराटनगर भन्सार कार्यालयबाट औद्योगिक उत्पादनलाई भन्दा बढी खासाबाट आएका कन्टेनरलाई प्राथमिकता दिँदा जाचपास ढिलो हुने गरेको उनीहरुको गुनासो छ ।बिहीबार  उद्योगीका समस्या बुझ्न उद्योग संगठन माेरङ आएका भन्सार विभागका महानिर्देशक तोयम रायलाई समस्या सुनाएका हुन् । । उद्योगीले औद्योगिक उत्पादन र कञ्चा पदार्थ बोकेका ट्रक तथा कन्टेनर भन्सारको प्राथमिकतामा नपर्दा समस्या हुने गरेको सुनाए। खासाबाट तयारी सामान लिएर आएका कन्टेनर भन्सारबाट तुरुन्तै पास भए पनि उद्योगका सामाग्रीलाई समय लाग्ने गरेको उद्योग संगठन मोरङका पूर्वअध्यक्ष मुकेश उपाध्यायले बताए । औद्योगिक सामाग्री बकेका मालबहाक भन्सारमै थन्किदा लागत बढ्ने उनको गुनासो छ । उद्योगी प्रदीप मुरारकाले भन्सारमा औद्योगिक उत्पादन हेर्ने छुट्टै युनिट खडा गर्नुपर्ने बताए । महानिर्देशक तोयम रायले उद्योगी व्यवसायीका समस्या सामधान गर्न आफूले पहल गर्ने बताए । भारतसँग सहज व्यापार विस्तारका लागि मोरङमा दुईवटा नाका खुला गर्ने तयारी भएको बताउँदै उनले नयाँ भन्सार ऐन लागू भएपछि सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्