स्मृतीमा शुरु भयो बालबालिका लक्षित खेलकुद उत्सव, उत्कृष्टले पाउने भए पुरस्कार

स्मृतीमा शुरु भयो बालबालिका लक्षित खेलकुद उत्सव, उत्कृष्टले पाउने भए पुरस्कार

विराटनगर, २६ पुस ।
मोरङको बुढीगंगा ३ नेमुवामा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुलमा ३ दिने खेलकुद प्रतियोगिता शुरु गरेको छ । विद्यालयले बिहिबार एक कार्यक्रमको आयोजना गरी प्रतियोगिता शुरु गरेको हो । बुढीगंगा ३ का वडाध्यक्ष तिलकनाथ मण्डलले उद्घाटन गरेको कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारी,विद्यार्थीहरु, अभिभावकको उल्लेख्य सहभागीता थियो ।
नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको प्रतिस्पर्धात्मक सहभागिता गराउने उदेश्यले भलिबल, कबडी, ब्याडमिन्टन, टेबुलटेनिस, हाइजम्प, बुद्धिचाल, हिसाब दौड, चकलेट दौड लगायतका विभिन्न १९ वटा खेलहरुमा प्रतिस्पर्धा गराईने बिद्यालयकी प्रिन्सिपल रीता न्यौपानेले जानकारी दिइएन् ।
प्रतियोगितामा सहभागी तथा समर्थक सम्पूर्ण विद्यार्थीहरुको शारीरिक, मानशिक, बौद्धिक तथा समाजिक विकासका लागि प्रतियोगिताको आयोजना गरिएको बिद्यालयले जनाएको छ । नियमित कक्षा भन्दापनि खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुमा आफ्ना विद्यार्थीहरुलाई अरुभन्दा अब्बल बनाउन बिद्यालय सदैब क्रियाशिल रहेको न्यौपानेले बताईन् ।
बिद्यालयका सहायक प्रिन्सिपल मणिराम न्यौपानेले “विकास,अनुशासन र गतिशीलता“ भन्ने मुलनाराका साथ खेलकुद प्रतियोगिता गराईएको बताए । विद्यालयका शिक्षक सतिश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गरिमा विकास बैंक बुढीगंगा (टंकीसिनवारी) का प्रबन्धक सुरज गौतम,बुढीगंगा ४ का वडा सदस्य गोबिन्द बस्नेत, शिक्षासेवी झवरलाल भगत लगायतको उपस्थिती थियो ।
अन्तर सदनात्मक प्रतिस्पर्धा रहने प्रतियोगितामा विजेता तथा उपविजेता विद्यार्थीलाई प्रोत्साहन स्वरुप आकर्षक पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको खेलकुद कार्यक्रम संयोजक रुकेश भगतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्