विराटनगरकाे एभरेष्ट बोर्डिङमा खेलकुद सप्ताह शुरु, मन्त्रीले गरे उद्घाटन

विराटनगरकाे एभरेष्ट बोर्डिङमा  खेलकुद सप्ताह शुरु, मन्त्रीले गरे उद्घाटन

विराटनगर, २६ पुस । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्ने बताएका छन् । बिहिबार विराटनगर–५ स्थित एभरेष्ट बोर्डिङ स्कुलले रजत जयन्तीको अवसर पारेर आयोजना भएको वार्षिक खेलकुद सप्ताहको उद्घाटन गर्दै यस्तो बताएका हुन् । पछिल्लो समय शिक्षामा एकरुपता ल्याउन भइरहेका प्रयास र उठिरहेका आवाजका सन्दर्भमा मन्त्री कार्कीले निजी विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा जोड दिएका हुन् ।
शिक्षामा एकरुपता कायम गर्न राज्यले आयोग बनाएर विज्ञहरुसँग विभिन्न छलफल गरेर निष्कर्ष निकाल्ने तयारी गरिरहेको भन्दै उनले यसमा संघिय सरकारले कस्तो निष्कर्ष निकाल्छ त्यसलाई भने पर्खिनुपर्ने बताए । राज्यले सम्पूर्ण लगानी भएका विद्यालयहरुको शिक्षामा स्तरीयता, गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी बनाउन सकेमात्र क्रमशः शिक्षामा निजी क्षेत्रको लगानी घट्दै जाने बताए । यस्तै मन्त्री कार्कीले एभरेष्ट स्कुलले २५ वर्षमा शैक्षिक गुणस्तर कायम गर्न खेलेको भूमिकाको प्रशंशा गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले विद्यालयको प्रगतीमा अभिभावकको विश्वास, विद्यार्थीको मेहनत र शिक्षक कर्मचारीको लगनशिलताले मात्र भएको बताए । सञ्चालकहरुले व्यवस्थापन कुशलतापूर्वक गरेपनि एभरेष्टलाई यो उचाईमा पु¥याउन अभिभावकहरुको महत्वपूर्ण लगानी र विश्वास रहेको बताए । उनले अभिभावकको विश्वासलाई आत्मसाथ गर्दै एभरेष्टले समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताए । विद्यालयका प्राचार्य टीकाराम पुरीले विद्यालयको शिक्षाको गुणस्तरलाई कायम राख्दै अब शैक्षिक ज्ञानलाई प्रविधि र सीपसँग जोडेर अघि बढ्ने बताए ।
आइतबार समापन हुने खेलकुद सप्ताहको पहिलो दिन विहिबार कक्षा १ देखि ५ सम्मका बालबालिकाले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । शुक्रबार कक्षा ६ र ७ र आइतबार ८ कक्षा र त्यसमाथिका कक्षाबिच खेलकुदको कार्यक्रम हुने विद्यालयले जनाएको छ । खेलकुद सप्ताहको उद्घाटन सत्रमा बालबालिकाहरुले मार्चपासदेखि विभिन्न भेषभुषासहित संस्कृति झल्कने प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्