विराटनगरको आयल निगम केही दिनमै चम्कीने, पहिलो पटक विराटनगरमा बर्षिक उत्सव

विराटनगरको आयल निगम केही दिनमै चम्कीने,  पहिलो पटक विराटनगरमा बर्षिक उत्सव

विरारटनगर, २६ पुस ।
आयल निगमले पहिलो पटक विराटनगरमा पहिलो पटक बार्षिक उत्सव मनाएको छ । कार्यालय प्रमुख दिनेश यादवले आयल निगमको ४९ औ बार्षिक उत्सवको अबसरमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेको भन्दै बिभिन्न संघ संगठनहरुले सकारात्मक काम भएको भन्दै खुसी मनाएका हुन् । कार्यक्रममा कर्मचारीले पहिलो पटक यसरी बार्षिक उत्सव मनाउँन पाउँदा खुसी हुँदै अब कर्मचारीले पाउने पुरस्कार पनि यहीँबाट गर्न माग गरे । आधिकारीक ट्रेड युनियन तथा हवाई ईन्धन डिपोका कर्मचारी सहितका अन्य कर्मचारीले यहाँ काम गर्ने कर्मचारीलाई केन्द्रले हेला गरेको भन्दै अब कर्मचारीको मुल्याङ्कन कार्यालयले नै गरी यहीँबाट पुरस्कार दिने ब्यवस्था मिलाउन माग गरे ।
आयल निगम प्रदेश कार्यालयका प्रमुख दिनेश कुमार यादवले अहिले आएका सामान्य समस्या बाहेक प्रदेश १ का १२ जिल्लामा ईन्धन आयात तथा निर्यातमा समस्या नभएको बताए । उनले अब प्रदेशको रंग रोगन तथा मर्मतको काम शुरु भएकोले अबको केही महिना भित्र कार्यालय चम्कीने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्