दुहबीका फिदा हुसेन हत्या प्रकरण : तीनजना सार्बजनिक एकजना बाँकेमा पक्राउ

दुहबीका फिदा हुसेन हत्या प्रकरण : तीनजना सार्बजनिक एकजना बाँकेमा पक्राउ

विराटनगर, २७ पुस ।
सुनसरीको दुहबीमा हत्या भए फिदा हुसेनको हत्यामा संलग्न ४ जनालाई प्रहरील पक्राउ गरी सार्बजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकारसम्मेलन गरि हत्यामा संलग्नको आरेपमा २ महिना पछि ४ जनालाई पक्राउ गरिएको हो । श्रीमती सहित मर्निङवाकमा हिँडेका हुसेनलाई दुहबी ९ का २८ बर्षिय सकिम हुसेन, ३१ बर्षिय जाबिर हुसेनले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । हत्यामा संलग्न भएको भनिएका अर्का ब्यक्ति दुहबी नगरपालिका १२ का ६० बर्षिय विशम्बर यादवलाई पनि प्रहरीले सार्बजनिक गरेको हो । एसपी अधिकारीका अनुसार सुनसरीकै जफ्फर मियाँलाई बाँकेबाट पक्राउ गरिएकोले सुनसरी ल्याउने प्रयास भईरहेको छ । हत्या पछि नेपाल प्रहरीले घटना अनुसन्धानको लागि ३८ जना बिशेष प्रहरी परिचालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्