विराटनगरमा गिरिजा संग्राहलय बनाउने तयारी

विराटनगरमा गिरिजा संग्राहलय बनाउने तयारी

विराटनगर, २७ पुस ।
जीपी फाउण्डेशनले नेपाली कांग्रेसका शिखर पुरुष तथा पुर्बप्रधानमन्त्री गिरिजा प्रसाद कोईराला लगायत कोईराला परिवारको राजनीति जीवन झल्कने संग्राहलय बनाउने भएको छ ।

बिराटनगरमा रहेको जीपी फाउण्डेशन परिसरमा संग्राहलय बनाउने भएको हो । संग्राहलय बनाउन १ नम्बर प्रदेश सरकारले फाउण्डेशनलाई ४० लाख छुट्याएको छ । सोही रकमबाट संग्राहलयको निर्माणको काम थालिने प्रतिष्ठानकी प्रदेश १ संयोजक ईन्दीरा थापाले बताईन् । संग्राहलय निर्माणको लागि ईन्जीनिय गोबिन्द श्रेष्ठले निशुल्क प्राबिधिक सहयोग गर्ने भएका छन् । कसरी बनाउने भन्ने बारेमा फाउण्डेशन र प्राबिधिक ईन्जिनियर बिच छलफल शुरु भएर डिजाईन भईरहेको जनाईएको छ । संग्राहलयमा प्राजातान्त्रिक आन्दोलनका अग्राणी नेता गिरिजाप्रसाद कोईराला देखि कृष्णप्रसाद कोईराला समेतको जीवनीमा आधारित बस्तु तथा कृतिहरु राखिने थापाले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्