कोशी टप्पु वन्यजन्तु आरक्षमा भेटियाे हात्ती मृत

कोशी टप्पु वन्यजन्तु आरक्षमा भेटियाे  हात्ती मृत

सुनसरी,२७ पुस । कोशी टप्पु वन्यजन्तु आरक्षमा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष हेडक्वाटर कुशाहा पश्चिममा वयस्क जङ्गली दारे हात्ती मृत अवस्थामा बुधबार बिहान साढे १० बजे फेला परेको हो ।हात्ती २४ घण्टादेखि ४८ घण्टा अगाडि मात्र मरेको अनुमान गरिएको छ । कानमा पसिना आएकै अवस्थामा हात्ती फेला परेको थियो आरक्षका वार्डेन रामदेव चौधरीले भने, ‘मृत्यु हुनुको कारण पत्ता लाग्न सकेको छैन । हामीले कारण पत्ता लगाउन विभिन्न अङ्गका टुक्रा काठमाडौंमा टेस्टका लागि पठाइसकेका छाैँ ।’

सो भाले हात्तीलाई आरक्षको टोली, मध्यवर्ती समितिका पदाधिकारी, आरक्षको सुरक्षाका लागि खटिएका सेनालगायतको टोलीको रोहबरमा बुधबार मुचुल्का तयार गरी खाल्टो खनेर पुरिएको छ । बुधबार खर काट््न पुगेका स्थानीयले देखेपछि मरेको हात्तीको बारेमा आरक्षलाई थाहा भएको थियो । वार्डेन चौधरीका अनुसार हात्तीको टाउको भने आरक्ष कार्यालयमै राखिने भएको छ । मृत हात्ती करीब ३० वर्षको रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्