लागू औषध ओसारपसार आरोपमा अखिल क्रान्तिकारीका अध्यक्ष यादव विराटनगरबाट पक्राउ

लागू औषध ओसारपसार आरोपमा  अखिल क्रान्तिकारीका अध्यक्ष यादव विराटनगरबाट पक्राउ

विराटनगर, २७ पुस । विराटनगरमा रहेकाे महेन्द्र मोरङ क्याम्पस  अखिल क्रान्तिकारीका अध्यक्ष अभिमन्यु यादव लागुऔषध  अेासार पसारकाे आाराेपमा पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएकाे उनलाई  थुनामा राखेकाे छ । रानीमा  चेकजाँचकाे क्रममा  मातृका यादवलाई प्रहरीले  लागूऔषधसहित पक्राउ गरेपछि उनकाे पनि सम्लग्नता खुलेकाे हाे ।   यादवलाई विभिन्न नामका ५ सय सिसी लागूऔषधसहित भेटेपछि सशस्त्र प्रहरीले लागूऔषधसहित नेपाल प्रहरीलाई बुझाएको थियो । नेपाल प्रहरीको अनुसन्धानको क्रममा लागूऔषध बोकेका मातृका यादवबाट अभिमन्युसम्म जाेडिएपछि  उनलाई पनि अनुसन्धानकाे लागि नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय माेरङका एसपी मनाेजकुमार केसीले जानकारी दिए ।  भरिया भिनिएका ब्याक्त्तिले  सबै काम महेन्द्र मोरङ क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष अभिमन्यु यादवले गराएकाे भन्दै प्रहरीलाई बताएपछि उनकाे सलग्नता देखिएकाेले उनीमाथि अनुसन्धान भईरहेकाे एसपी केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्