नेविसंघका ८ पदाधिकारले दिए राजीनामा

नेविसंघका ८ पदाधिकारले दिए राजीनामा

काठमाडौं, २७ पुस। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै शुक्रबार पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । सभापति देउवालाई बुझाइएको राजीनामा पत्रमा सहमहामन्त्री चलाउनेको भने हस्ताक्षर गरिएको छैन ।
महर नेतृत्वको वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि आफूहरुले संगठनलाई निकास दिन पदबाट राजीनामा दिएको उपाध्यक्ष शाहीले बताए । दोस्रो पटक म्याद थप भएपछि पुस २८–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने नेविसंघले निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्