विराटनगरमा मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु

विराटनगरमा मोबाइलको ब्याट्री पड्केर बालकको मृत्यु

विराटनगर, २७ पुस । बिराटनगर महानगरपालिका १५ रामजानकी टोलमा मोवाईलको ब्याट्री पड्कीएर एक बालकको ज्यान गएको छ । सुभाष मण्डलको ११ बर्षीय छोरा अमित मण्डलको मोवायलको ब्याट्री पड्कदा मृत्यु भएको छ भने सोही स्थानका राजेश मण्डलको ६ बर्षीया छोरी राधिका मण्डल घाईते भएकी छिन् । आज दिउँसो दुवै जना बालबालिकाहरु घर नजिकै परालको आगो तापिरहेको अबस्थामा उनीहरुले नै बाटोमा भेट्टाएको मोवायलको ब्याट्री आगोमा हाल्दा पड्कन गई दुवै जना गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि तत्काल कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारकै क्रममा मण्डलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । अर्का घाईतेको कोशी अञ्चल अस्पतालमा नै उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्