झापा, सुनसरी र मोरङमा भएकाे दुर्घटनामा तीन जनाको मृत्यु, २ घाइते

झापा, सुनसरी र मोरङमा भएकाे दुर्घटनामा तीन जनाको मृत्यु, २ घाइते

विराटनगर,२७ पुस।  झापा, सुनसरी र मोरङ जिल्लामा  छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । झापाको कन्काई नगरपालिका-३ टप्पु चोकमा   मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।    मे ५ प ९१९८ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई कल्भटमा ठोक्किएर भएकाे दुर्घटनामा परि मोटरसाईकलमा सवार   कन्काई नगरपालिका-३ बस्ने  बर्ष २१ को हप्पन मुर्मुको घटना स्थलमा नै मृत्यु भएको हो ।  त्यसैगरी सुनसरीको दुहबी नगरपालिका-४ मलहट्टीमा  मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।  भित्री सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १९ प २४४३ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई  बुढी पुलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकलमा सवार चालक दुहबी नगरपालिका-९ बस्ने बर्ष २२ को अजय चौधरी, पछाडी सवार बर्ष २० को  जोग नारायण चौधरी र मोरङ बुढीगंगा गाउँपालिका-३ बस्ने बर्ष २५ को उमेश थान्दार घाइते भएका थिए ।  घाईते मध्ये थान्दारलाई थप उपचारको लागि विराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा  मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको  छ । यस्तै मोरङको धनपालथान गाउँपालिका-३ भलुवा खोलामा ट्याक्टर दुर्घटना  १ जनाको मृत्यु भएको छ ।  भित्री सडक खण्डमा  खेतमा पानी पटाउने मेशिन बोकेर जाँदै गरेको को. २ त. ४८६५ नम्बरको  ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टरका चालक भारत अररिया कुवाडी गाउँ बस्ने बर्ष ४० को अशोक सरदारको घटनास्थलमा नै मुत्यु भएको  प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्