आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २९७औँ पृथ्वीजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

राष्ट्रिय एकताका धरोहर पृथ्वीनारायण शाहको २९७ आैँ जन्मजयन्ती अाज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

विक्रम सम्वत् १७७९ मा आजकै दिन अर्थात पुष २७ गते पिता राजा नरभूपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्रकाे रुपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो ।

राजा पृथ्वीनारायण शाहले आधुनिक नेपालको खाका कोरेकाले उनको जन्म जयन्तीको दिन राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । राज्य विस्तारको क्रममा पृथ्वीनारायण शाहले स–साना बाइसे र चौबिसे राज्यहरुमा छरिएको भू–भागलाई सिङ्गो नेपाल बनाएकाले उनको जन्म दिनमा राष्ट्रिय एकता मनाउन थालिएको हो ।

तर, देश गणतन्त्रमा प्रवेश गरेपछि पुथ्वी नारायण शाहको जन्मदिनलाई राष्ट्रिय एकता दिवसको दिनको रुपमा मनाउन छोडिएकाे थियाे । तर पनि ७४ सालदेखि पुनः मनाउन थालिएको हो ।

आज देशैभरि पृथ्वीनारायण शाहकाे याेगदानकाे स्मरण गरिँदै छ । विगतमा सरकारले पृथ्वी जयन्तीमा दिइँदै आएको सार्वजनिक बिदा हाल सरकारले कटौती गरेको छ । तर केही प्रदेश र स्थानीय तहले भने आज सार्वजनिक बिदा समेत दिएका छन् ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा अाेलीले पृथ्वी जयन्तीकाे शुभकामना व्यक्त गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्