झापामा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने

<span class='c1'>झापामा पाँचौँ एसियाली ग्रामीण</span> <span class='c2'>पर्यटन महोत्सव हुने</span>

झापाको बाहुनडाँगीमा पाँचौँ एसियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ साे महाेत्सव हुन लागेकाे हाे ।

माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले जानकारी दिए ।

उनका अनुसार नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउनेछन् ।

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालीम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारहरुको स्टल विशेष आकर्षणको रूपमा रहने कार्कीको भनाइ छ ।

ग्रामीण पर्यटनको माहोल तयार पार्दै पर्यटनमार्फत समृद्धिको लक्ष्य पूरा गर्न महोत्सव कोशेढुङ्गा सावित हुने ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर (नेत्र) कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्