इटहरीमा लिबर्टी फिल्म स्क्रिनिंग सम्पन्न

इटहरीमा लिबर्टी फिल्म स्क्रिनिंग सम्पन्न

इटहरी पौष २७,

विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय लिबर्टी फिल्म मेकिंग तालिम पश्च्यात तालिमका सहभागीहरुद्वारा तयार गरिएको सिनेमाको प्रदर्शन कार्य सम्पन्न गरेको छ ।

उक्त फिल्म स्क्रिनिंग कार्यक्रममा समसामयिक सार्वजनिक नीति, अर्थ(राजनीति, ब्यक्तिगत तथा आर्थिक स्वतन्त्रताका बिषयलाइ समेटेर बनाइएका चार वटा १० देखि १५ मिनेट समयको छोटो चलचित्रहरु प्रदर्शन गरिएको थियो ।

इटहरीका सहभागीहरुले बनाएको पहिलो सिनेमा “अपजस” व्यक्तिगत सम्पतिको अधिकारसंग सम्बन्धित रहेको थियो, जसमा बाटो विस्तार गर्दा मुवाब्जाको कुरालाइ प्राथमिकतामा राखिएको थियो ।धरानका सहाभागीहरुले बनाएको सिनेमा “बर्तमान” ले सडक पेटीमा ठेला ब्यापार गरि जीविकोपार्जन गर्ने मानिसले राज्यको नीतिको कारण भोग्नु परेका समस्याहरुलाई उजागर गरेको थियो ।त्यसैगरी इटहरीका सहभागीहरुले तयार गरेको चलचित्र “२५ हजार” ले सर्वसाधारण नागरिकहरुले लाइसेन्स लिदा भोग्नु परेका समस्यालाइ दर्साएका थिए भने बिराटनगरका सहभागीहरुले बनाएको चलचित्र “फरक” ले समलिंगीहरु प्रतिको सामाजिक बितृष्णालाइ प्रस्ट्याएका थिए ।

कार्यक्रममा सहाभागी लगायत कलाकारहरु तथा सहयोगी संस्थाहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । उक्त कार्यक्रममा अथितिको रुपमा सोम गौतम, प्रज्वल पराजुली, लोकनाथ ढकाल तथा इटहरी नगरपालिकाको उपमेयर लक्ष्मी गौतमज्यू रहनु भएको थियो ।

सो कार्यक्रम इटहरी जेसिसको प्रांगणमा सम्पन्न भएको थियो जसमा १ सय ६० जनाले सहभागिता जनाएका थिए ।कार्यक्रमको उद्घोषण र सहजीकरण विकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारी र एभरेस्ट पोलेसी इन्स्टिच्युटका सम्राट थापाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्