धरानकाे सर्दुखाेलाबाट लागु औषध सहित २ जना भारतीय पक्राउ

<span class='c1'>धरानकाे सर्दुखाेलाबाट लागु औषध सहित</span> <span class='c2'>२ जना भारतीय पक्राउ</span>

सुनसरी, २७ पुस। सुनसरीको धरान उप-महानगरपालिका-४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरीक पक्राउ परेका छन् । बिशेष  सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार भारतको अररिया जिल्ला बेला ग्राम पञ्चायत-९ का २० बर्षीय सहादत मन्सुरी र १८ बर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाईलक्स डि.सी. र २८८ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्