विराटनगर–तरहरा सडक धुलोमुक्त गर्न सम्झौता, २ महिना भित्र नियन्त्रणको तयारी

विराटनगर–तरहरा सडक धुलोमुक्त गर्न सम्झौता,  २ महिना भित्र नियन्त्रणको तयारी

विराटनगर, २७ पुस ।
सामाजिक विकास मन्त्रालयले धुलो नियन्त्रणको काम शुरु गर्ने भएको छ । प्रदेशको अस्थायी राजधानी बिराटनगरसँगै ईटहरी क्षेत्रमा निर्माणाधिन सडक खण्डमा बढ्दो धुलो प्रदुषणबाट सर्बसाधारणलाई समस्या भएको भन्दै धुलो न्युनिकरणका लागि काम गर्न लागेको हो ।
धुलो न्यूनिकरणकालागि सामाजिक विकास मन्त्रालयले लिब्रा टेक्नोलोजीसँग परीक्षणका रुपमा काम शुरु गर्ने सम्झौता गरेको सामाजिक विकास मन्त्रालयका सचिव हरीप्रसाद दाहालले बताए । सम्झौतासँगै विराटनगर–इटहरी–तरहरा औद्योगिक क्षेत्रमा भएको पानी प्रदुषणलाई निर्मलीकरण गर्नका लागि समेत उक्त संस्थासँग सम्झौता भई कार्यप्रारम्भ भएको मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालय र लिब्रा टेक्नोलोजी विचमा भएको सम्झौतामा लिब्रा टेक्नोलोजीले माग गरे अनुसार धुलो नियन्त्रण गर्ने प्रबिधि प्रयोग गर्न ५० किलोमिटिर सडक प्रदेश सरकारले तोक्ने छ । प्रदेश सरकारले तोकेको सडकमा लिब्रा टेक्नोलोजीले २ महिना भित्र धुलो नियन्त्रणका प्रबिधिको परीक्षण प्रयोग गरी धुलो नियन्त्रण गर्ने उल्लेख छ ।
मन्त्रालयले गरेको सम्झौतामा औद्योगिक तथा अन्य क्षेत्रको दुषितपानी सुद्धिकरण गर्न प्रदेशको तरहराबाट विराटनगरसम्म लिब्रा टेक्नोलोजीले नमुनाको रुपमा काम गर्नेछ । पानी शुद्धिकरण गर्ने अभियानमा लिब्राले नेपालका प्राबिधिकलाई पनि प्रबिधि हस्तान्तरण गर्न समावेश गराउनु पर्ने छ । पानी सुद्धिकरण गर्ने अभियानको सर्बे गर्न लिब्रा टेक्नोलोजी.ले २ महिना भित्र प्राबिधिक पठाई सक्नु पर्ने उल्लेख गरिएको सचिव दाहालले बताए । यसरी भएको सम्झौतामा मन्त्रालयको तर्फबाट भने कुनै खर्च नहुने र सबै खर्च लिब्रा टेक्नोलोजी नेटवर्कले नै ब्यहोर्ने उल्लेख गरिएको छ ।
काम गर्ने सिलसिलामा कुनै समस्या आए प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले समस्या समाधानका लागि समन्वय गर्नेगरी मन्त्रालयका सचिव हरिप्रसाद दाहाल र लिब्रा टेक्नोलोजीका प्रबन्ध निर्देशक ईब्राहिम (एव) साद विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
लिब्रा टेक्नोलोजी
लिब्रा टेक्नोलोजी प्रालि मार्फत डस्ट कन्ट्रोलरको माध्यामबाट धुलो नियन्त्रण हुने छ । पहिलो प्रयोग परिक्षणको रुपमा २ महिना भित्र गर्ने र त्यसले जे परिणाम दिन्छ त्यसलाई नेपालमा भित्र्याउन सकिने वा नसकिने भन्ने बारेमा पहिचान गर्नेगरी काम शूरु भएको हो । यस अघि यो धुलो नियन्त्रण प्रबिधि १५ देशमा चलिसकेको प्रबिधि भएकोले संसारमा अब्बल दर्जाको टेक्नोलोजीको रुपमा लिईएको लिब्रा टेक्नोलोजी प्रालिका अध्यक्ष हरी बैरागीले जानकारी दिए । हो । यो प्रबिधि चाईना, जापान अष्टेलिया, पेरु लगायतका देशमा प्रयोग भईसकेको भएपनि भारतमा समेत नआएको उनको दाबी छ । बरगाछि देखि महेन्द्रचोकसम्म पुग्दा आफुले भोगेको समस्यालाई ध्यानमा राखेर पहिलो पटक ५० किलोमिटर टेक्नीकल टेस्टिङ गर्नको लागि मन्त्रालयसँग सम्झौता गरिएको उनले बताए । यो धुलो नियन्त्रण प्रबिधि पानी छ्यापेकै जस्तो भएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्