भालुकाे आक्रमणकाे पीडा : महिनौ बित्यो पीडितले पाएनन् उपचार खर्च

भालुकाे आक्रमणकाे पीडा : महिनौ बित्यो  पीडितले पाएनन् उपचार खर्च

सोलुखुम्बु, २७ पुस । सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका पेम्बा छिरि तामाङलाई गत भदौ आठ गते बिहान भालुले आक्रमण गरी शक्त घाइते बनायो। घरनजिकै बारीमा काममा जाँदा तामाङलाई भालुले आक्रमण गरी घाइते बनाएको हो।  घाइते तामाङलाई जिल्ला अस्पताल फाप्लुमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडाैं लगियो। यस्तै भदौ २८ गते तामाखानीकै मनकुमारी मगर र सानु मगररलाई पनि भालुले आक्रमण गर्‍यो। घरनजिकै बारीमा घास काट्न जाने क्रममा उनीहरूलाई पनि भालुले आक्रमण गरी शक्त घाइते बनाएको हो। आक्रमणमा परेका मगरद्बयलाई जिल्लामा उपचार संभव नभएपछि थप उपचारको लागि काठमाडाैं लगियो। जंगली जनवारले कुनै क्षति पुर्‍याएमा त्यसको राहत तथा उपचार खर्च सम्बन्धित निकायले दिने प्रावधान बमोजिम कात्तिक ११ गते भालुको आक्रमणका घाइते पेम्बा छिरिकी श्रीमति सुष्मा तामाङले बन डिभिजन कार्यालय सोलुखुम्बुमा विल भर्पाइ बुझाएको बताइन्। तर अहिलेसम्म त्यसको सुनुवाई नभएको उनको गुनासो छ।

'कर्मचारीले राष्ट्रिय निकुञ्ज पठाउँनुपर्छ भन्छन्।' सुष्मा तामाङले भनिन्, 'उपचार खर्च अभाव भएर कस्तो गाह्रो भईसक्यो राज्यले दिने सुविधा केही पनि पाएको छैन।' उपचार गराउँदा खर्चको अभाव हुने र राज्यबाट उपचार खर्च नपाउने सुष्मा तामाङ मात्र नभई भालुबाट आक्रमणमा परेका अन्य धेरै छन्। भालुको आक्रणमा परी घाइते भएकी मनकुमारी मगरको उपचार गराई रहेका उनका श्रीमान ओमबहादुर मगरको पनि गुनासो उस्तै छ। 'अहिलेसम्म काठमाडौंमा उपचार गराउँदा सात लाख जति सकियो।' मगरले भने, 'जंगली जनवारले हामीलाई क्षति पुर्‍याउँदा सहेर बस्नुपर्ने, हामीले उसलाई क्षति पुर्‍यो भने जेल जानुपर्ने राज्यको नीतिले पीडितलाई झन पीडा दिने काम भयो।'

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोस्रो संशोधन २०७४ अनुसार सामान्य घाइतेको लागि घाइतेको प्रकृति हेरी प्रेषित कागजात र सिफारिसको आधारमा बढीमा २० हजार) सम्म औषधोपचार खर्च दिने, सख्त घाइतेको लागि घाइतेको प्रकृति हेरी प्रेषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा दुई लाखसम्म औषधोपचार खर्च दिने. र कसैको मृत्यु भएमा मृतकको आश्रित परिवार-हकवालाको लागि दशलाख राहत रकम दिने.स्पष्ट व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्