क्यान ईन्फोटेकमा टिकट काट्नेको भाग्य परिक्षण भोली, दुबई भ्रमण को जान्छ ?

क्यान ईन्फोटेकमा टिकट काट्नेको भाग्य परिक्षण भोली, दुबई भ्रमण को जान्छ ?

विराटनगर, २७ पुस ।
विराटनगरमा हालै सम्पन्न भएको सुबिसु क्यान इन्फोटेक २०१९ को लक्की ड्र शनिवार बिहान हुने भएको छ । टिकट काटेर इन्फोटेक भ्रमण गर्ने मध्ये एक जनालाई लक्की ड्र मार्फत दुवइ भ्रमणमा पठाउने क्यान महासंको पुर्ब घोषित कार्यक्रम अनुसारको लक्की ड्र शनिवार गर्न लागिएको हो । शनिबार बिहान १० बजे विराटनगरमा रहेको ब्यन्जन फूड ल्यान्डमा बिभिन्न संञ्चारकर्मीको माझ सार्बजनिक गर्नलागिएको आयोजक समितिका सचिव सुमित साहले जानकारी दिए । यसको प्रत्यक्ष प्रसारण ओबी मिडिया र क्यान मोरङले लाइभ गर्ने उनले बताए । लक्की ड्र मार्फत बिजयी हुनेले टिकटको अर्धकट्टी र आधिकारिक परिचय पत्र लिएर आउनु पर्ने आयोजक क्यान महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्