ब्याट्री पड्किएर ज्यान गएका मण्डल परिवारलाई प्रदेश सरकारले दियो १ लाख राहत

ब्याट्री पड्किएर ज्यान गएका मण्डल परिवारलाई प्रदेश सरकारले दियो १ लाख राहत

विराटनगर, २७ पुस ।
प्रदेश सरकारले मोवाईलको ब्याट्री बिष्फोटमा परी मृत्यु भएका मण्डल परिवारलाई १ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले मृतक मण्डलका परिवारलाई कोशी अञ्चल अस्पताल पुगेर तत्काल २५ हजार नगद हस्तान्तरण गरे । कार्कीले मृतक परिवारलाई १ लाख रुपैयाँ दिइने र घाइते ६ वर्षीया राधिका मण्डलको उपचार गरिदिने बताए ।
विराटनगर महानगरपालिका–१५ बस्ने सुभाष मण्डलका ११ वर्षीय छोरा अमित मण्डलको विधुतीय उपकरण विष्फोटमा परि मृत्यु भएको हो । घटनामा सोही स्थानका राजेश मण्डलकी ६ वर्षीया छोरी राधिका मण्डल त घाइते भएकी छन् । राधिकाको दुवै आँखा जलेको अस्पतालले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्