विराटनगरका ब्यापारी एकमुख : करका कारण ब्यवसाय धरासायी भयो

विराटनगरका ब्यापारी एकमुख : करका कारण ब्यवसाय धरासायी भयो

विराटनगर, २८ पुस ।
विराटनगरका उद्योगी व्यापारीहरुले सरकारले लगाएको करका कारण उद्योग व्यवसायी धरासायी भएको गुनासो गरेका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो गुनासो गरेका हुन । मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल लगायतले करका कारण संघीयता नै असफल हुने सम्भावना रहेको बताए । तीन तहको सरकारले लगाएको करका कारण उद्योग व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको उनीहरुको भनाई छ ।
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले संविधान मै तीन तहको सरकारलाई कर उठाउने अधिकार दिएको भन्दै करको दर र क्षेत्र भने फरक फरक रहेको बताए । उनीहरुले स्थानीय तहमा करमा केही विवाद भने रहेको स्वीकार गरे । यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकार उद्योगी, व्यापारी मैत्री नीति लिएर अगाडि बढेको दाबी गरे । उनले स्वदेशी उद्योगहरुको विकास र विस्तार गर्न सरकार लागि परेको बताए । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले औद्योगिक तथा व्यवसायी प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभावका बिषयमा उठाइएको टिप्पणी सहितको कार्यपत्र संघीय मन्त्री र प्रदेश मन्त्रीलाई हस्तान्तरण गरे । (मकालु टेलिभिजन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्