केसीलाई चुनौती दिँदै, बिजय थापा ईलाममै आमरण अनशन

केसीलाई चुनौती दिँदै, बिजय थापा ईलाममै आमरण अनशन

ईलाम, २८ पुस ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै इलाममा १६ औं चरणको सत्याग्रहमा रहनु भएका डा. गोविन्द केसीको अनसन चौथो दिन पनि जारी रहेको छ ।
चौथो दिनसम्म आइपुग्दा डा. केसीको स्वास्थ्य अवस्था बिग्रन थालेको छ । बुधबारदेखि इलाममा अनसन थालेका डा. केसीको स्वास्थ्य अवस्था गएरातिदेखि बिग्रन थालेको वताइएको छ । उनको रक्तचाप कम हुँदै गएको केसीको स्वास्थ्य जाँचमा खटिएका डा. रामकृष्ण आचार्यले जानकारी दिए । शरीरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालको चिकित्सकहरुको टोलीले उनको स्वास्थ्य परीक्षण गरेको थियो । चिकित्सकहरुले उनको शरीरमा चिनीको मात्रा घटेको हुनसक्ने अनुमान गरेका छन् । यता जिल्ला अस्पताल इलामबाट उनको स्वास्थ्य परिक्षणको रिपोर्ट आइ नसकेको जानकारी दिएको छ ।
चुनौती केसीलाई
डा. गोविन्द केसीले सरकारी तलब भत्ता खाएर राजनीति गरेको भन्दै काठमाडौंका विजय थापाले पनि इलाममा आमरण अनसन सुरु गरेका छन् । काठमाडौं स्थायी घर भएका थापाले शुक्रवार साँझबाट आमरण अनसन बसेका हुन् । हालै शिक्षा तथा स्वास्थ्य समितिले बहुमतबाट पारित गरी संसदमा दर्ता गराएको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गरिनुपर्ने लगायतका नौ बुँदे मागसहित थापा अनसनमा वसेका हुन् । यसअघि काठमाडौं खुल्ला मञ्चमा समेत अनसन बसिसकेको बताउँदै थापाले आफ्नो यो दोस्रो अनसन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्