प्रदेश १ का विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीद्धारा स्थायी माग

प्रदेश १ का विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीद्धारा स्थायी माग

विराटनगर, २८ पुस ।
प्रदेश नम्बर १ अन्तर्गतका नेपाल विद्युुत प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारीहरुले आफूहरुलाई स्थायी गर्न माग गरेका छन् । दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले विराटनगरस्थित विद्युुत प्राधिकरणमा एक कार्यक्रमको आयोजना गरी स्थायी गर्न माग गरेका हुुन । विद्युुत प्राधिकरणमा देशभरका २ हजार ५ सय ज्यालादारी कर्मचारी कार्यरत छन् । त्यसमध्ये प्रदेश नम्बर १ मा ३ सय ४५ जना ज्यालादारीका रुपमा प्राधिकरणमा काम गर्दै आएका छन् । कर्मचारीहरुले लामो समयदेखि संर्घष समिति बनाएर स्थायी गर्नका लागि माग गर्दै आएका छन् । नेपाल विद्युुत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष मोहन घिमिरेले आफूहरुमाथि श्रमशोषण भएको भन्दै स्थायी गर्न आग्रह गरे । कार्यक्रममा समितिका सचिव गजेन्द्र लामिछाने, युुवराज काफ्ले, समितिका प्रदेश अध्यक्ष रविन्द्र्र गिरीलगायतले स्थायी कर्मचारी सरह सेवा सुुविधा प्रदान गर्नुपर्नेमा जोड दिए । उनीहरुले अतिरिक्त समयमा सेवा प्रदान गर्दा पनि काम गरेको पारश्रमिक नदिने गरेको गुनासो पाखे । कार्यक्रममा विजुलीको लाइन मर्मत गर्दा २० जनाले भन्दा बढीले ज्यान गुुमाएको र २ सयभन्दा बढी कर्मचारी अपांग भएको अध्यक्ष गिरीले बताए ।
यसैबीच, सम्मेलनले डोलमान बुढाथोकीको अध्यक्षतामा १ नम्बर प्रदेशस्तरीय संघर्ष समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा देव मण्डल, सचिवमा युवराज काफ्ले, सहचिवमा काजीमान राई र कोषाध्यक्षमा ओसिन मगर छनौट हुनुभएको छ । पारस कोइराला, सुवास तामाङ, दिनेश माझी, रोहित चक्रवर्तीलगायत संघर्ष समितिको सदस्यमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्